अखिल क्रान्तिकारीमा फेरि विवाद, मतगणना रोकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा उमेर हद लगाउने या नलगाउने भन्ने निर्णय लिन गरिएको निर्वाचनको मतगणना स्थगित भएको छ ।
केही जिल्लामा विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित भएको हो ।
अखिल क्रान्तिकारीका एक नेताले बैतडी, दाङ र गुल्मीमा विवाद भएकाले मतगणना स्थगित भएको जानकारी दिए ।
निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित हुन पुगेको दाबी गरेको छ । कागजात प्राप्त भएलगत्तै स्थगित मतगणना अघि बढ्ने समितिको भनाइ छ ।
गत असोज १० गते अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन आयोजना गरिएकोमा उमेर हद विवादका कारण नयाँ नेतृत्व चयन नगरी स्थगित हुन पुगेको थियो ।
त्यसपछि यसलाई सुल्झ्याउन उमेर हदबारे निर्वाचन गर्ने सहमति बनेको थियो । सोही सहमतिअनुसार, शनिबार देशभर मतदान भएको हो ।
मतगणनाको परिणामपछि त्यसले गरेको निर्णयअनुसार नेतृत्व चयन प्रक्रिया पुनः अघि बढाइने बताइएको छ ।
ताजा अपडेट
-
दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द
-
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
-
टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको संख्या सय नाघ्यो, उद्धार कार्य जारी
-
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
-
दुई संसदीय समितिको बैठक बस्दै, अर्थ समितिमा मौद्रिक नीतिका विषयमा छलफल हुने
प्रतिक्रिया