भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
पार्टीबाट निष्कासित भएपछि पहिलो पटक रावलले औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।
एमालेले गरेको कारबाही र भावी योजनाबारे जानकारी दिन बुधबार दिउँसो १ बजे कार्की ब्यांक्वेट, बबरमहलमा पत्रकार सम्मेलन गर्न लागेको रावलको सचिवालयले जनाएको छ ।
एमालेबाट निष्कासित रावलले एमालेभित्रका असन्तुष्ट र बाहिर रहेका अन्य व्यक्ति समेटेर गैरकम्युनिस्ट दल खोल्न लागेको प्रचार भइरहेको छ । रावलको सचिवालयले भने प्रचार गरिएजस्तो हतारमा दल खोल्ने पक्षमा उनी नरहेको स्पष्ट पारेको छ ।
एमालेको वर्तमान नेतृत्वविरुद्ध फरक मत राख्दै आएका रावल यसकै कारण लामो समयदेखि किरानामा पर्दै आएका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा टिकट नै नदिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पनि उनलाई भूमिकाविहीन बनाएर राखेका थिए ।
पार्टी कार्यालय निर्माणका लागि विवादास्पद व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गरेपछि रावल झनै ओलीको तारो बन्न पुगेका थिए । उक्त प्रकरणपछि एमालेले पार्टी अनुशासनविपरीत गएर अभिव्यक्ति दिएको भन्दै रावलसँग स्पष्टीकरण सोधेको थियो । तर रावलले स्पष्टीकरणको जवाफ दिएनन् । यहीबीच गत पुस १० गतेको सचिवालय बैठकले पार्टी अनुशासनविपरीतको कार्य लगातार जारी राखेको भन्दै रावललाई पार्टीको संगठित सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया