सहकारी ठगीमा रवि संलग्न नरहेको प्रमाण खुल्ने कागजात सरकारी वकिलले लुकाएको खुलासा
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीबाट ऋण लिन रवि लामिछानेले गरेको भनिएको हस्ताक्षर नक्कली रहेको पाइएको छ । यद्यपि, यो पाटोलाई भने सरकारी वकिलले मुद्दा दायरका क्रममा छोपेका छन् ।
ऋण लिन गरिएको हस्ताक्षर लामिछाने स्वयंको हो कि होइन भनेर नेपाल प्रहरीले फरेन्सिक जाँच गरेको थियो । त्यसक्रममा उक्त हस्ताक्षर रविको नभएको पाइएको हो ।
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको रवि लामिछानेको अनुसन्धान सम्बन्धी प्रतिवेदनमा ०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट रवि लामिछानेको नाममा गोरखा मिडिया प्रालिमा गएको कर्जाको आन्तरिक ऋण माग पत्रमा गरिएको हस्ताक्षर उनको नभएको फरेन्सिक रिपोर्ट नत्थी गरेको थियो । यसबाट उक्त ऋण रविलाई जानकारी नै नदिई प्रवाह भएको पुष्टि हुन्छ । तर सरकारी वकिलको कार्यालयले भने उक्त पक्षलाई लुकाएर सहकारी ठगीमा लामिछानेविरुद्ध एक करोड बिगो माग दाबी गरेको छ ।
अदालतमा छैन फरेन्सिक रिपोर्ट
सरकारी वकिलको कार्यालयलाई बुझाइएको सहकारी ठगी छानजबिनसम्बन्धी अध्ययन प्रतिवेदनमा उक्त फरेन्सिक रिपोर्ट प्रहरीले संलग्न गरेको थियो । तर जिल्ला अदालत कास्कीमा उक्त रिपोर्ट नभेटिएको स्रोत बताउँछ ।
मंगलबारबाट सुरु भएको थुनछेक बहसको दोस्रो दिन न्यायाधीश नीतिश राईले सहकारीबाट ऋण लिएको बारे रविले गरेको इन्कारी बयान जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेलाई सम्झाएकी थिइन् । त्यसक्रममा काफ्लेले सहकारीबाट ऋण लिन गरिएको हस्ताक्षर रविको नभएर अरू कसैको भएको बताएकी हुन् ।
रवि पक्षका वकिलहरूले रविले सहकारीबाट ऋण नलिएको, उनको नाममा प्रवाह भएको ऋण निजी प्रयोजनमा खर्च नभएको तर्क गर्दै सहकारी ठगीको अभियोग खण्डित भएको तर्क बताउँदै आएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया