पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा भ्रष्टाचार काण्ड छानबिन गर्न कांग्रेस नेताको प्रस्ताव

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गरेर भ्रष्टाचार काण्डहरूको छानबिन गर्न प्रस्ताव गरेका छन् । भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनका लागि यो सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यस्तो समिति तीनदेखि पाँच सदस्यीय हुन उपयुक्त हुने बताए ।
‘संसदमा उठेका पक्ष/विपक्ष र प्रतिपक्षले उठाएका चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्नका लागि प्रचण्डजी, शेरबहादुरजी र ओलीजीले चिनेको व्यक्ति नभई नेपाली जनताले चिनेको र निष्पक्ष ढंगले न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठन गर्न सबैले सहमति गरौं,’ नेता केसीले भने ।
देशमा बढ्दो भ्रष्टाचार न्यूनीकरणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनु पर्ने धारणा पनि उनले राखे । त्यसो गर्दा सत्तामा पुगेकाले रकम जम्मा गरेर राखेका छन् भन्ने प्रचारको यथार्थता खुल्ने उनको भनाइ छ ।
‘सत्तामा पुगेकाले रकम थुपारेर बोराका बोरा राखे भन्ने भ्रम जानीजानी फैलाइएको छ । ५०० र हजारको नोट ब्यान्ड गरिदिऊ, कसले कति लुकाएको छ, थाहा लाग्छ,’ उनले भने । यसबारे संसदमा पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।
ताजा अपडेट
-
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
-
टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको संख्या सय नाघ्यो, उद्धार कार्य जारी
-
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
-
दुई संसदीय समितिको बैठक बस्दै, अर्थ समितिमा मौद्रिक नीतिका विषयमा छलफल हुने
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिक्रिया