पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा भ्रष्टाचार काण्ड छानबिन गर्न कांग्रेस नेताको प्रस्ताव
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गरेर भ्रष्टाचार काण्डहरूको छानबिन गर्न प्रस्ताव गरेका छन् । भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनका लागि यो सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यस्तो समिति तीनदेखि पाँच सदस्यीय हुन उपयुक्त हुने बताए ।
‘संसदमा उठेका पक्ष/विपक्ष र प्रतिपक्षले उठाएका चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्नका लागि प्रचण्डजी, शेरबहादुरजी र ओलीजीले चिनेको व्यक्ति नभई नेपाली जनताले चिनेको र निष्पक्ष ढंगले न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठन गर्न सबैले सहमति गरौं,’ नेता केसीले भने ।
देशमा बढ्दो भ्रष्टाचार न्यूनीकरणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनु पर्ने धारणा पनि उनले राखे । त्यसो गर्दा सत्तामा पुगेकाले रकम जम्मा गरेर राखेका छन् भन्ने प्रचारको यथार्थता खुल्ने उनको भनाइ छ ।
‘सत्तामा पुगेकाले रकम थुपारेर बोराका बोरा राखे भन्ने भ्रम जानीजानी फैलाइएको छ । ५०० र हजारको नोट ब्यान्ड गरिदिऊ, कसले कति लुकाएको छ, थाहा लाग्छ,’ उनले भने । यसबारे संसदमा पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।
ताजा अपडेट
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट सुनसरीमा १०४ किलो गाँजा बरामद, चालक फरार
-
भारतले सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा गौर डुबानको जोखिममा


प्रतिक्रिया