अपडेट : तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । मंगलबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु तिब्बतको दिंगे कान्टी रहेको पाइएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
उक्त भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको छ ।
भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया