सरकारले अघि बढायो १८ निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया
काठमाडौं । सरकारले १८ निर्माण तथा आपूर्तिकर्ता कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । सम्झौताअनुसारको काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीसँग दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।
विभिन्न सरकारी निकायले १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न लिखित रूपमा आग्रह गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । उक्त समयावधिभित्र यी कम्पनीले स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको समय उपलब्ध गराइएको हो ।
कार्यालयले कबुलअनुसार काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ प्राप्त नभएको अवस्थामा कालोसूचीमा राख्न सक्ने प्रावधान छ ।
स्पष्टीकरण सोधिएका निर्माण कम्पनीमा सोहन निर्माण सेवा, आवा कन्स्ट्रक्सन प्रालि, आरएसए कन्स्ट्रक्सन लगायत छन् ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित



प्रतिक्रिया