सरकारले अघि बढायो १८ निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया
काठमाडौं । सरकारले १८ निर्माण तथा आपूर्तिकर्ता कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । सम्झौताअनुसारको काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीसँग दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।
विभिन्न सरकारी निकायले १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न लिखित रूपमा आग्रह गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । उक्त समयावधिभित्र यी कम्पनीले स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको समय उपलब्ध गराइएको हो ।
कार्यालयले कबुलअनुसार काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ प्राप्त नभएको अवस्थामा कालोसूचीमा राख्न सक्ने प्रावधान छ ।
स्पष्टीकरण सोधिएका निर्माण कम्पनीमा सोहन निर्माण सेवा, आवा कन्स्ट्रक्सन प्रालि, आरएसए कन्स्ट्रक्सन लगायत छन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा



प्रतिक्रिया