सातदोबाटोको कल सेन्टरबाट ५३ जना पक्राउ
काठमाडौं । ललितपुरको सातादोबाटोस्थित एक कल सेन्टरबाट प्रहरी ५३ जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अवैध रूपमा सञ्चालित कल सेन्टरमा सोमबार राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दुई भारतीय र बाँकी नेपाली छन् ।
अवैध रूपमा सञ्चालित उक्त कल सेन्टरले अनलाइन जुवा खेलाउने लगायत कार्य गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ८५ ल्यापटप र ८२ मोबाइलसमेत बरामद गरेको छ ।
नियन्त्रणमा रहेकाहरूमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया