सातदोबाटोको कल सेन्टरबाट ५३ जना पक्राउ
काठमाडौं । ललितपुरको सातादोबाटोस्थित एक कल सेन्टरबाट प्रहरी ५३ जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अवैध रूपमा सञ्चालित कल सेन्टरमा सोमबार राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दुई भारतीय र बाँकी नेपाली छन् ।
अवैध रूपमा सञ्चालित उक्त कल सेन्टरले अनलाइन जुवा खेलाउने लगायत कार्य गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ८५ ल्यापटप र ८२ मोबाइलसमेत बरामद गरेको छ ।
नियन्त्रणमा रहेकाहरूमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया