रवि लामिछानेकाे मुद्दामा आदेश आउँदै, छुट्लान् कि कारागार चलान हाेलान् ?
काठमाडौं । सहकारी ठगी आराेपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतकाे मुद्दामा अदालतले आदेश गर्ने तयारी गरेकाे छ । याे आदेशले उनकाे राजनीतिक भविष्य निर्धारण गर्ने भएकाले चासाेका साथ हेरिएकाे छ
थुनछेक बहसकाे प्रक्रिया बिहीबार सकिएपछि अदालतले आदेशकाे तयारी गरेकाे हाे ।
जिल्ला अदालत कास्कीमा अहिले याे मुद्दाकाे आदेश लेखनकाे काम भइरहेकाे छ । सूर्य दर्शन सहकारी ठगीमा प्रतिवादी बनाइएका रविसहितका व्यक्तिकाे मुद्दा न्यायाधीश नीतिश राईकाे इजलासमा सुनुवाइ भएकाे थियाे ।
अदालतले अब साधारण तारेख र धराैटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक फैसला गर्नेछ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया