रवि लामिछानेलाई धराैटीमा छाड्न अदालतकाे आदेश
काठमाडाैं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएकाे छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईकाे इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रूपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।
त्यसैगरी सोही मुद्दाका अन्य प्रतिवादीहरू छविलाल जोशी, लीला पछाईलगायतलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
याेसँगै यो मुद्दाका सबै प्रतिवादीले बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।
गत कात्तिक २ मा पक्राउ परेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले गत पुस ७ गते ५ एक अर्ब ५१ करोड बिगो माग दावीसहित अदालतमा मुद्दा दायर गरेकाे थियाे ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया