सीजी डिजिटलको ५ नयाँ शोरूम उद्घाटन
काठमाडौं । सीजी डिजिटलले सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
यी शाखाहरूमा रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका इलेक्ट्रोनिक्स उत्पादनहरू राखिएका छन् । कम्पनीका अनुसार शोरुममा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू : LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनसमेत राखिएका छन् ।
आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको कम्पनीले जनाएको छ । शोरुम उद्घाटनको अवसरमा कम्पनीले केही समयकाे लागि ग्राहकलाई ३० प्रतिशतसम्मको विशेष छुट दिएको छ ।
नयाँ शाखाहरूमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ । यी ५ नयाँ शोरुमसमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया