NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन ४ गते

महानगरपालिकाले निष्क्रिय पार्यो काठमाडौं भ्युटावरको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय पारेको छ । भ्युटावरको नक्सालाई लिएर विवाद बढिरहेका बेला महानगरपालिकाले प्रक्रिया निष्क्रिय पार्ने निर्णय गरेको हो ।

भ्युटावर भवनको नक्सा पास सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरिएकाले त्यसबाट प्रतिवेदन प्राप्त नहुँदासम्मका लागि नक्सा पास प्रक्रिया निष्क्रिय पारिएको महानगरपालिकाले जनाएको छ ।

योसँगै भ्युटावर निर्माणको कार्यसमेत स्थगन हुने भएको छ ।

पुरानो बसपार्कमा भ्युटावर निर्माण गर्न महानगरपालिकाले टेण्डर प्रक्रिया अघि बढाएकोमा जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालि छनोट भएको थियो । ०७१ फागुन २२ मा दुई पक्षबीच सम्झौता भएर निर्माण कार्य चलिरहेको सन्दर्भमा बीच बीचमा झमेला हुँदा निर्माण प्रक्रियाले गति लिन सकेको थिएन । यहीबीच नक्सालाई लिएर विवाद उत्पन्न भएपछि महानगरपालिकाले अहिले समिति गठन गरेर यसमाथि छानबिन गराइरहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष