रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
आइतबार सुरु भएको थुनछेक बहसमा सामेल गराउन उनलाई प्रहरीले बुधबार बिहान कार्यालय खुलेपछि अदालतमा उपस्थित गराएको हो ।
जिल्ला अदालत काठमाडौंमा रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग लगाएर मुद्दा दायर भएको छ ।
जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख धरौटीमा रिहा भएर काठमाडौंमा हाजिर भएका रविको मुद्दा जिल्ला न्यायाीध माधवप्रसाद अधिकारीको इजलासमा परेको छ । जसमा सरकारी वकिल र जाहेरीवाला वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ भने बुधबारबाट रवि पक्षका वकिलले बहस गर्नेछन् । सरकारी वकिल र जाहेरवालातर्फका वकिलले रवि सहकारी ठगीमा संलग्न भएको जिकिर गर्दै उनलाई थुनामा पठाउनुपर्ने माग गरेका छन् । त्यसपछि जाहेरवाला र सरकारी वकिलको जवाफी बहस हुनेछ ।
थुनछेक बहसको प्रक्रिया सकिएपछि न्यायाधीशले साधारण तारखे र धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिनेछन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया