रविलाई ६० लाख धराैटीमा छाड्न काठमाडाै जिल्ला अदालतकाे आदेश
काठमाडौ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार थुनछेक बहस सकिएपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
थुनछेक बहसका क्रममा सरकारी वकिल र जाहेरवाला वकिलले रविलाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गरेका थिए । लामिछानेलाई छाड्दा प्रमाण नष्ट हुने उनीहरूको जिकिर थियो । तर अदालतले रविलाई राहत दिँदै धरौटीमा छाड्न आदेश गरेको हो । योसँगै रविलाई धरौटी बुझाएर हिरासतमुक्त हुने बाटो खुलेको छ ।
यसअघि जिल्ला अदालत कास्कीले पनि रविलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरूध्द अझै तीन जिल्लाको सहकारी ठगेको अभियोग छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया