रविलाई ६० लाख धराैटीमा छाड्न काठमाडाै जिल्ला अदालतकाे आदेश
काठमाडौ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार थुनछेक बहस सकिएपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
थुनछेक बहसका क्रममा सरकारी वकिल र जाहेरवाला वकिलले रविलाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गरेका थिए । लामिछानेलाई छाड्दा प्रमाण नष्ट हुने उनीहरूको जिकिर थियो । तर अदालतले रविलाई राहत दिँदै धरौटीमा छाड्न आदेश गरेको हो । योसँगै रविलाई धरौटी बुझाएर हिरासतमुक्त हुने बाटो खुलेको छ ।
यसअघि जिल्ला अदालत कास्कीले पनि रविलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरूध्द अझै तीन जिल्लाको सहकारी ठगेको अभियोग छ ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया