धरौटी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा प्रहरीको न्यायिक हिरासतमा रहेका लामिछानेको थुनछेक बहस सोमबारबाट सुरु भएकोमा बुधबार सकिएको थियो । बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । अदालतको आदेशबमोजिम धरौटीबापतको रकम बैंक ग्यारेन्टी गरेर लामिछाने छुटेका हुन् ।
यसअघि जिल्ला अदालत कास्कीबाट पनि लामिछाने धरौटीमा छुटेका थिए । जिल्ला न्यायाधीश नीतिश राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रविविरुद्ध अझै तीन जिल्लामा सहकारी ठगी गरेको अभियोग बाँकी छ ।
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया