खुलामञ्च र टुँडिखेल कार्यकर्तालाई दिन सरकारले अध्यादेश ल्यायो : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खुलामञ्च र टुँडिखेल आफ्ना कार्यकर्तालाई दिन सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
सरकारले एकपछि अर्का अध्यादेश ल्याएर राष्ट्रपतिमार्फत जारी गराइरहेका बेला बालेनले यस्तो आरोप लगाएका हुन् ।
उनले खोला मात्र नभएर खुलामञ्च र टुँडिखेल पनि आफ्नो कार्यकर्तालाई दिन अध्यादेश ल्याइएको फेसबुकमा उल्लेख गरेका छन् ।
पछिल्ला अध्यादेश कार्यकर्तालाई सजिलो बनाउन ल्याइएको संकेत गर्दै उनले बधाई समेत दिएका छन् ।
‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई,’ फेसबुकमा मेयर बालेनले लेखेका छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया