खुलामञ्च र टुँडिखेल कार्यकर्तालाई दिन सरकारले अध्यादेश ल्यायो : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खुलामञ्च र टुँडिखेल आफ्ना कार्यकर्तालाई दिन सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
सरकारले एकपछि अर्का अध्यादेश ल्याएर राष्ट्रपतिमार्फत जारी गराइरहेका बेला बालेनले यस्तो आरोप लगाएका हुन् ।
उनले खोला मात्र नभएर खुलामञ्च र टुँडिखेल पनि आफ्नो कार्यकर्तालाई दिन अध्यादेश ल्याइएको फेसबुकमा उल्लेख गरेका छन् ।
पछिल्ला अध्यादेश कार्यकर्तालाई सजिलो बनाउन ल्याइएको संकेत गर्दै उनले बधाई समेत दिएका छन् ।
‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई,’ फेसबुकमा मेयर बालेनले लेखेका छन् ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया