लप्सीफेंदीमा प्रहरी र स्थानीयबासीबीच झडप, १३ जना नियन्त्रणमा
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेंदीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । घटनापछि प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सवस्टेसन र टावरको काम रोक्न माग गर्दै आइरहेका स्थानीयले अवरोधको प्रयास गरेपछि दुई पक्षबीच तनाव सिर्जना भएको हो ।
सवस्टेसन र टावर निर्माणका लागि बिहीबार पुगेको डोजरमाथि स्थानीयले गरेको ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको थिो । सोही क्रममा दुई पक्षबीच तनाव भएको हो ।
आक्रमणमा १७ स्थानीय उत्रिएकोमा ४ जनालाई छाडेर १३ लाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
स्थानीयले भने गाउँमा आएर प्रहरीले राति ९ बजेसम्म धरपकड गरेको आरोप लगाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले विभिन्न स्थानमा उत्पादन भएका बिजुली काठमाडौं ल्याउन शंखरापुर–३ मा ४००÷२२०÷१३२÷११ केभी सबस्टेसन निर्माण गर्न लागेको छ । स्थानीयले भने बस्तीको बीचमा सवस्टेसन निर्माण गर्न खोजिएको भन्दै त्यसलाई रोक्ने प्रयास गर्दै आएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया