विचाराधीन विधेयकमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति
काठमाडौँ । सङ्घीय संसद्मा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको छ ।
प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकबीच आज भएको छलफलमा त्यस्तो सहमति भएको हो । सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएकोे नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
उनले विधेयकहरुलाई कसरी अगाडि बढाउने र चाँडो पारित गराउने भन्ने विषयमा छलफल भएको बताए । संसद्लाई प्रभावकारी बनाउने र संसदीय प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।
बैठकमा संसद्को विषयगत समितिमा रहेका विधेयकलाई सत्तापक्ष र विपक्षी दलको साझा धारणा बनाएर चाँडो टुङ्ग्याउने विषयमा पनि नेताहरुबीच कुराकानी भएको थियो । बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्तोष परियार सहभागी थिए ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया