प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक

काठमाडौं । अमेरिकामा माइक्रो भिडियो ब्लगिङ साइट टिकटक बन्द भएको छ । टिकटकमाथि लगाइएको प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघिबाटै अमेरिकामा टिकटक चल्न छाडेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आनुसार अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा यतिबेला ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश प्राप्त गरिरहेका छन् ।
जसको कारणमा अमेरिकी कानूनले लगाएको प्रतिबन्ध उल्लेख छ ।
बिबिसी समाचारका अनुसार, धेरै प्रयोगकर्ताहरूले टिकटक एप स्टोरबाटै हटाइएको र भिडियोहरू टिकटक डटकममा पनि नभेटिएको बताएका छन् ।
टिकटकले भने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएपछि समस्या समाधान गर्ने संकेत गरेको जनाएको छ ।
ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका छन्।
शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला दिएपछि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढेको हो ।
त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको छ।
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया