टर्कीको १२ तले होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । टर्कीको प्रसिद्ध स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् ।
टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित बोलुमा रहेको होटलमा स्थानीय समयअनुसार बिहान ३ः२७ बजे आगलागी भएको हो ।
१२ तले उक्त होटलमा आगलागी हुँदा २३४ जना पाहुना थिए । जसमा ७६ जनाको मृत्यु भइसकेको टर्कीको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागीमा ज्यान गुमाउने सबैको पहिचान खुलिसकेको छैन ।
दुर्घटनामा ५१ जना घाइते भएका छन् । यीमध्ये १ जना आइसियूमा उपचाररत छन् भने १७ जना डिस्चार्ज भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
स्थानीय रिपोर्टअनुसार तापक्रम अत्यन्तै कम भएकाले घटनास्थलमा दमकल पुग्नै १ घण्टाभन्दा बढी समय लागेको थियो । टर्कीको इतिहासमै सबैभन्दा भयावह आगलागी नियन्त्रणमा लिन करिब १२ घण्टा लागेको थियो ।
टर्कीका कानूनमन्त्रीलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार ९ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । उनीहरू सबै होटलका मालिक हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया