NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन ४ गते

टर्कीको १२ तले होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

काठमाडौं (एजेन्सी) । टर्कीको प्रसिद्ध स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् ।

टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित बोलुमा रहेको होटलमा स्थानीय समयअनुसार बिहान ३ः२७ बजे आगलागी भएको हो ।

१२ तले उक्त होटलमा आगलागी हुँदा २३४ जना पाहुना थिए । जसमा ७६ जनाको मृत्यु भइसकेको टर्कीको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा ज्यान गुमाउने सबैको पहिचान खुलिसकेको छैन ।

दुर्घटनामा ५१ जना घाइते भएका छन् । यीमध्ये १ जना आइसियूमा उपचाररत छन् भने १७ जना डिस्चार्ज भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

स्थानीय रिपोर्टअनुसार तापक्रम अत्यन्तै कम भएकाले घटनास्थलमा दमकल पुग्नै १ घण्टाभन्दा बढी समय लागेको थियो । टर्कीको इतिहासमै सबैभन्दा भयावह आगलागी नियन्त्रणमा लिन करिब १२ घण्टा लागेको थियो ।

टर्कीका कानूनमन्त्रीलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार ९ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । उनीहरू सबै होटलका मालिक हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष