रास्वपा सभापति लामिछाने सिंहदरबारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामो समयपछि सिंहदरबार पुगेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेट्न लामिछाने केहीबेर अघि सिंहदरबार पुगेका हुन् ।
दुईबीच अहिले भेटघाट चलिरहेको छ । भेटमा रविले आफ्नो सांसद पद निलम्बन गरिनुको कारणबारे जिज्ञासा राख्ने बताइएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको सांसद् पद उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै निलम्वनमा राखिएको छ । प्रहरीले पठाएको पत्रका आधारमा संसद् सचिवालयले उनको सांसद पद निलम्बन गरेको हो । रवि र उनको दल रास्वपाले कानूनको अपव्याख्या गरेर निलम्बनको कदम उठाइएको भन्दै त्यसको आलोचना गर्दै आइरहेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया