NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

वर्षा बनिन् ‘मिसेस ब्युटी क्विन’

काठमाडौं । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छन् ।

सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि हासिल गरेकी हुन् ।

करुणा विक ‘फष्ट रनरअप’ भइन् भने रिन्जु कुसवहाले ‘सेकेन्ड रनरअप’मा चित्त बुझाइन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।

ताजा अपडेट

नेपालवाच विशेष