NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ४ गते

हास्य टेलिश्रृंखला मेरीबास्सैमा फर्किए धुर्मुस

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेलले साना तथा ठूला पर्दामा विभिन्न भूमिका निभाएका छन् । उनले निभाएका भूमिकामा विविधता भए पनि  हास्य टेलिश्रृंखला मेरी बास्सैमा सीतारामले गरेको धुर्मुसको क्यारेक्टर दर्शकले सर्वाधिक रुचाए ।

पछि सीताराम मेरीबास्सैबाट अलग मात्र भएनन्, धुर्मुसको क्यारेक्टर पनि छाडिदिए । सीताराम हास्य टेलिश्रृंखलाबाट अलग बनेको पनि लामो समय भइसकेको छ । र पनि दर्शकले उनलाई सबैभन्दा बढी धुर्मुसकै रूपमा चिन्छन् । चिन्छन् मात्र होइन, खोजी पनि रहेका छन् । । धुर्मुस यसरी हाबी  भइदिँदा सीताराम कट्टेल भने ओझेलिएको ओझेलियै छ ।

सक्रिय अभिनयबाट केही समय हराएका उनै सीताराम पुनः कमब्याक हुँदैछन्, फिल्म लज्जा शरणमबाट ।

लामो संघर्षपछि मेरीबास्सैमा अवसर पाएका सीतारामले करिअरमा उकाली र अाेराली  झेलेकै छन् । तर उनले धुर्मुसको क्यारेक्टर गरेपछि अभिनय करिअरबाट पछि फर्किएर भने अहिलेसम्म हेर्नु परेको छैन ।

उनै सीताराम आफूलाई कलाकारितामा परिचित गराउने पुरानो क्यारेक्टर धुर्मुसकाे भूमिकामा मेरी बास्सैबाटै फर्किने भएका छन् । कट्टेल आफैंले सामाजिक सञ्जालमार्फत  पुनः मेरीबास्सैमा फर्किएको उल्लेख गरेका छन् । ‘करिब ६ वर्षपछि पुनः मेरी बास्सैमा । जय लाज शरणम्,’ धुर्मुसले लेखेका छन् ।

मेरीबास्सैमा अब उनी नियमित देखिने छन् कि भाइ कुमार कट्टेल निर्देशित फिल्मको प्रवर्द्धनका लागि मात्रै गएका हुन् भन्नेचाहिँ उनले खुलाएका छैनन् ।