एमसिसी स्थगन गरेकोमा विप्लव खुसी, ट्रम्पलाई दिए धन्यवाद
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै एमसिसी स्थगन गरेकोमा ट्रम्पलाई धन्यवाद दिएका हुन् । विज्ञप्तिमा उनले एमसिसी स्थगनबाट नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन् ।
‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
विप्लवले स्थगन गरिएको एमसिसी परियोजनालाई खारेजी नै गर्न अमेरिकासँग माग पनि गरेका छन् । यसो गरेमा अमेरिका र नेपालको सम्बन्ध अझै प्रगाढ हुने उनको भनाइ छ ।
‘एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
गत जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा कम ब्याक भएका ट्रम्पले आर्थिक सहायता घटाउने कदम चाल्दै एमसिसी स्थगन गर्ने निर्णय गरेका छन् । ट्रम्पको यस्तो कदमले एमसिसी परियोजना लागू भएको देशमा भएका लगानीको भविष्य के हुने भन्ने अन्योल सिर्जना भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया