एमसिसी स्थगन गरेकोमा विप्लव खुसी, ट्रम्पलाई दिए धन्यवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै एमसिसी स्थगन गरेकोमा ट्रम्पलाई धन्यवाद दिएका हुन् । विज्ञप्तिमा उनले एमसिसी स्थगनबाट नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन् ।
‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
विप्लवले स्थगन गरिएको एमसिसी परियोजनालाई खारेजी नै गर्न अमेरिकासँग माग पनि गरेका छन् । यसो गरेमा अमेरिका र नेपालको सम्बन्ध अझै प्रगाढ हुने उनको भनाइ छ ।
‘एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
गत जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा कम ब्याक भएका ट्रम्पले आर्थिक सहायता घटाउने कदम चाल्दै एमसिसी स्थगन गर्ने निर्णय गरेका छन् । ट्रम्पको यस्तो कदमले एमसिसी परियोजना लागू भएको देशमा भएका लगानीको भविष्य के हुने भन्ने अन्योल सिर्जना भएको छ ।
ताजा अपडेट
-
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
-
नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु : गृहमन्त्री लेखक
-
माधव नेपालको सांसद पद निलम्बित भएको संसदमा जानकारी
-
भिजिट भिसा प्रकरणमा गृहमन्त्री र कर्मचारी संलग्न भएको यथेष्ट प्रमाण रहेको रास्वपाको दाबी
-
संसद्मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन
प्रतिक्रिया