NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

गाँजासम्बन्धी बजेटको नीति कहिले कार्यान्वयन हुन्छ ? 

काठमाडौं । सांसद माधव सापकोटाले गाँजाको औषधिजन्य व्यवसायका लागि कानुनी व्यवस्था मिलाउने गरी चालु आर्थिक वर्षको बजेटमा कार्यक्रम समावेश भए पनि कार्यान्वयन नभएकोमा प्रतिनिधिसभाको आजको बैठकमा आपत्ति जनाएका छन् ।

उनले गाँजासम्बन्धी बजेटको नीति कहिले कार्यान्वयन हुुन्छ भन्दै सरकारसँग प्रश्न गरे । त्यस्तै, सांसदहरुले भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । बोल्दै सांसदहरुले सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न हुन सक्दा सर्वसाधरणलाई आवातजावत गर्न असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद भगवती चौधरीले निर्माणाधीन सडक निर्माणको काम समयमा सम्पन्न गर्न र निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गरिन् । सांसद भानुभक्त जोशीले पनि सडक निर्माणको प्रगति राम्रो नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भौतिक पूर्वाधार निर्माण तथा सुधारको काम समयमा नै सुरु हुन नसकेको भन्दै आपत्ति जनाए ।

सांसद मनबहादुर गुरुङले पोखरा महानगरपालिकास्थित पृथ्वी राजमार्गका केही स्थानमा बाँकी रहेको राजमार्ग विस्तारको काम समयमा सम्पन्न गरी आवातजावतमा सहज गर्न माग गरे ।

सांसद बिजुला रायमाझीले विपद्मैत्री पूर्वाधार निर्माणमा जोड दिइन् । सांसद मनिष झाले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बत्ती जडानको कामबारे सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले ‘इन्ड्राइभ’लगायतका सवारी एपलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

सांसद मुक्ताकुमारी यादवले गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद मेनकाकुमारी पोखरेलले व्यवस्थित औद्योगिक क्षेत्रको विकास आवश्यक रहेकामा जोड दिए । सांसद मेटमणि चौधरीले नेपाल आर्थिक सङ्कटमा फसिरहेको उल्लेख गर्दै सुधारका कदम तत्काल चाल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रघुजी पन्तले भारतस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई ढुक्क भएर सुरक्षित वातावरणमा पढ्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद रमा कोइराला पौडेलले भक्तपुरमा स्मार्ट सहरका नाममा सर्वसाधरणको जग्गा रोकिराखेको भन्दै स्मार्ट सिटी बनाउने कार्य तत्काल अघि बढाउन माग गरिन् ।

सांसद रामकुमार राईले खोटाङस्थित मध्यपहाडी राजमार्गको बोलपत्र रोकिएको, बाढीका कारण बगाएका पुल बन्न नसकेका भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद रुकमणी रानाले कृषि उपजको बजारीकरण सुनिश्चित हुनुपर्नेमा जोड दिए।

ताजा अपडेट

नेपालवाच विशेष