चिलीका ८० लाख घरमा बिजुली कटौती, सडकमा निस्कियो सेना
काठमाडौं । विद्युत् आपूर्तिमा गरिएको कटौतीले गम्भीर समस्या खडा गरेपछि चिलीको सेना सडकमा निस्किएकोे छ ।
बिजुली कटौतीले चिलीका अधिकांश भाग प्रभावित भइरहेका बेला सुरक्षा चुनौतीलाई दर्शाउँदै त्यहाँको सेना सडकमा निस्किएको हो ।
यसअघि देशव्यापी बिजुली कटौतीपछि प्रभावित क्षेत्रहरूमा कर्फ्यू समेत लगाइएको थियो ।
चिलीका ८० लाख घरपरिवारमा अहिले बिजुली कटौती गरिएको छ । बिजुली कटौतीपछि यातायात, स्वास्थ्य सेवालगायत क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो संगीत महोत्सव द भिना देल मार विद्युत् आपूर्ति कटौतीकै कारण रद्द गरिएको छ।
राजधानी सान्टियागोका केही भागहरूमा भने अहिले आपूर्ति पुनर्स्थापित गरिएको छ।
चिलीमा अहिले यातायात सेवा नराम्ररी प्रभावित भएको छ भने देशका अस्पताल र जेलहरूमा जेनेरेटरमार्फत बिजुली आपूर्ति गरिएको छ ।
चिलीमा विद्युत् संकट देखापर्नुलाई त्यहाँको सरकारले प्रणालीगत विफलता मानेको छ ।
चिलीका राष्ट्रपति गेब्रियल बोरिकले टेलिभिजन सम्बोधन गर्दै विद्युत् कटौतीले ८० लाख घरहरू प्रभावित भएको जनाएका छन् । त्यसमध्ये आधा घरहरूमा बिजुली आपूर्ति पूर्ववत् गरिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया