चिलीका ८० लाख घरमा बिजुली कटौती, सडकमा निस्कियो सेना
काठमाडौं । विद्युत् आपूर्तिमा गरिएको कटौतीले गम्भीर समस्या खडा गरेपछि चिलीको सेना सडकमा निस्किएकोे छ ।
बिजुली कटौतीले चिलीका अधिकांश भाग प्रभावित भइरहेका बेला सुरक्षा चुनौतीलाई दर्शाउँदै त्यहाँको सेना सडकमा निस्किएको हो ।
यसअघि देशव्यापी बिजुली कटौतीपछि प्रभावित क्षेत्रहरूमा कर्फ्यू समेत लगाइएको थियो ।
चिलीका ८० लाख घरपरिवारमा अहिले बिजुली कटौती गरिएको छ । बिजुली कटौतीपछि यातायात, स्वास्थ्य सेवालगायत क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो संगीत महोत्सव द भिना देल मार विद्युत् आपूर्ति कटौतीकै कारण रद्द गरिएको छ।
राजधानी सान्टियागोका केही भागहरूमा भने अहिले आपूर्ति पुनर्स्थापित गरिएको छ।
चिलीमा अहिले यातायात सेवा नराम्ररी प्रभावित भएको छ भने देशका अस्पताल र जेलहरूमा जेनेरेटरमार्फत बिजुली आपूर्ति गरिएको छ ।
चिलीमा विद्युत् संकट देखापर्नुलाई त्यहाँको सरकारले प्रणालीगत विफलता मानेको छ ।
चिलीका राष्ट्रपति गेब्रियल बोरिकले टेलिभिजन सम्बोधन गर्दै विद्युत् कटौतीले ८० लाख घरहरू प्रभावित भएको जनाएका छन् । त्यसमध्ये आधा घरहरूमा बिजुली आपूर्ति पूर्ववत् गरिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया