काठमाडौंका यी स्थानमा आज हुँदैछ लोडसेडिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा प्राधिकरणले आज बिजुली कटौती गर्न लागेको हो ।
नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गर्दै शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ती क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने जनाएको छ ।
सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।
तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया