नेपाल लाइफको बीमालेख नवीकरण विलम्ब शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गर्दै कम्पनीले यस्तो सहुलियत दिन लागेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले १८० दिनभन्दा बढी समय भइसकेका बीमालेखहरूमा फागुन १५ देखि आगामी जेठ १३ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट हुने जानकारी दिए ।
बीमितहरूको हितलाई मध्यनजर गर्दै एक पटकका लागि यस्तो योजना ल्याइएको उनको भनाइ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया