NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

रहिनन् नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठ

काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया श्रेष्ठको शुक्रबार महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि श्रेष्ठ केही दिनअघि  महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएकी थिइन् । सघन उपचारकक्ष (आईसीयु) मा राखेर गरिएको उपचारले स्वास्थ्यमा सुधार आएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमा उपचाररत रहेकै बेला शुक्रबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।

श्रेष्ठ नेपालको पहिलो न्यायाधीश हुनुका साथै सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश थिइन् । ०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी उनले २० जेठ ०६५ मा त्यहाँबाट अवकाश पाएकी थिइन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष