अब सरकारी अस्पतालले बीमाको औषधि छैन भन्न पाउँदैनन् : स्वास्थ्य मन्त्री
इलाम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् ।
इलाम अस्पतालको आइतबार बिहान अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकेका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् ।
उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो । तोकिएका औषधि अस्पतालले अनिवार्य राख्नुपर्छ ।” सरकार तथा स्वास्थ्य बीमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ ।
चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट सरकारी अस्पताललाई नरहेको पनि उनले बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।
बीमाको व्यवस्थापनमा केही समस्या भएको स्वीकार गर्दै उनले त्यसलाई सरकारले सुधार गर्न लागेको बताए ।
चिकित्सकको रोजाइमा सुगम पर्ने गरेको उल्लेख गर्दै उनले सरकारले खटाएको स्थानमा अनिवार्य रूपमा जानुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया