आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट
काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।
नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो ।
आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता सेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक एक दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक हरियाली छाएको छ ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ७९, जीवन बीमा समूह चार दशमलव ३१, होटल तथा पर्यटन चार दशमलव २८ र वित्त समूह चार दशमलव २८ प्रतिशतले बढेको छ ।
बैंकिङ दुई दशमलव ५३, विकास बैंक तीन दशमलव ८८, जलविद्युत् एक दशमलव ९८, लगानी तीन दशमलव ०३, लघुवित्त एक दशमलव ३५, निर्जीवन बीमा तीन दशमलव ४१, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको छ ।
हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९७ करोड ५३ लाख ७७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको आठ लाख ७३ हजार पाँच सय ७६ कित्ता सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया