विरोधको नयाँ शैली, सडकमै वडा कार्यालय सञ्चालन !
कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका छन् ।
ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्रको कार्य नभएपछि वडा अध्यक्षले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिनका लागि सडकको प्रवेश विन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहेका हुन् ।
कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उनको भनाइ छ।
“पटक–पटक सडक स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,” वडाध्यक्ष साउदले भने, “सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यसभन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन ।”
आफूमाथि जन दबाब बढन थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उनले बताए ।
धुलाम्मे सडकम हिँड्डुल गर्न निकै सास्ती हुँदै आएको स्थानीय रामनाथले बताए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको बताए ।
“निर्माण व्यवसायीले अश्वासन दिन्छन् कार्य गर्दैनन्,” उनले भने, “यथाशीघ्र कार्य सुरु गर्नका लागि पत्राचार गरेका छौँ, एक हप्ताभित्रै कार्य सुरु गर्ने विश्वास दिएको छ ।”
चैत महिनासम्म ठेक्को म्याद थप भएकाले बीचमै ठेक्का तोडेर अर्कोलाई दिन नसकिने भएकाले तोकता गर्दै आएको उनले बताए ।
सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग ०७७ साउन २० गते ठेक्का सम्झौता भई ०८१ वैशाखमा म्याद समाप्त भएको थियो ।
विसं २०८२ चैत ३० गते सम्मका लागि म्याद थप भए पनि सडक स्तरोन्ननि तथा कालोपत्रको कार्य अहिलेसम्म पूरा हुनसकेको छैन । सडक निर्माणको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । रु एघार करोड ८६ लाखमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि कार्य अलपत्र परेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया