थापाथलीमा पनि फुट्यो मेलम्ची खानेपानी आयोजनाको पाइप
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने पाइप थापाथलीमा फुटेको छ । थापाथली चोकबाट प्रसूति अस्पताल आउने सडकको बीचमा मंगलबार बिहान मेलम्चीको पाइप फुटेको हो ।
मेलम्चीको पाइप फुटेर निस्किएको पानीले वरपरको पसल केहीबेर जलमग्न बनेकाे थियाे । पाइपबाट निस्किएकाे पानीकाे फाेहाेराले भत्काएकाले सडकसमेत अवरुद्ध बनेको छ ।
पाइप फुटेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीले तत्कालै बन्द गरेका थिए । त्यसैले थप क्षति भने हुन पाएन ।
मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने प्रणालीको पाइप फुट्नुको कारण खुलेको छैन ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक अवरुद्ध बनेको यो दोस्रो घटना हो । यसअघि काठमाडौंको बबरमहलमा पनि यसैगरी उक्त आयोजनाको पाइप फुट्दा सडकमा बाढी आएको थियो । बाढीका कारण बिग्रिएको सडक अझै पुनर्निर्माण हुन सकेको छैन ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया