नवीनतम प्रविधि विकास गर्न ह्याकाथान आयोजना गर्दै ग्लोबल आईएमई बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधान खोज्नसमेत सहयोग पुग्नेछ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिने बैंकले जनाएको छ ।
प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको जनाउँदै बैंकले डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन, नवीनतम धारणाहरूलाई प्रोत्साहित गर्न ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
कसरी गर्ने नाम दर्ता ?
प्रतियोगितामा सहभागिता हुन इच्छुकहरूले नाम दर्ता गर्नुपर्नेछ । बैंकका अनुसार, दुई चरणमा हुने ह्याकथानमा बैंकको वेबसाइटमार्फत नाम दर्ता गर्न सकिनेछ ।
दुई चरणमा हुने ह्याकाथन सुरुमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।
पहिलो चरणको लागि प्रतियोगीहरूले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्ने छ भने दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया