६ जिल्लामा नयाँ सिडिओ, कहाँ को ?
काठमाडौं । सरकारले ६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सहसचिवहरूलाई पठाएको छ ।
गृह मन्त्रालयले बिहीबार एक निर्णय गर्दै पाँच जिल्लामा पदस्थापन र एक जिल्लामा सिडिओ सरुवा गरेको हो । सिडिओ बनाएर पठाइएका सबै सहसचिव हुन् ।
नयाँ सिडिओ पाएका जिल्लाहरूमा बाँके, रौतहट, संखुवासभा, खोटाङ, ओखलढुंगा र नुवकोट रहेका छन् ।
बाँकेको प्रमुख जिल्ला अधिकारीमा धर्मराज जोशीलाई पठाइएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए । त्यसैगरी, रौतहटमा विनोदकुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशिहर घिमिरेलाई सिडिओ बनाएर पठाइएको छ ।
नुवाकोटमा यसअघि रामकृष्ण अधिकारी प्रजिअका रूपमा कार्यरत थिए । उनलाई त्यहाँबाट सरुवा गरेर गृह मन्त्रालय तानिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया