NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

६ जिल्लामा नयाँ सिडिओ, कहाँ को ?

काठमाडौं । सरकारले ६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सहसचिवहरूलाई पठाएको छ ।

गृह मन्त्रालयले बिहीबार एक निर्णय गर्दै पाँच जिल्लामा पदस्थापन र एक जिल्लामा सिडिओ सरुवा गरेको हो । सिडिओ बनाएर पठाइएका सबै सहसचिव हुन् ।

नयाँ सिडिओ पाएका जिल्लाहरूमा बाँके, रौतहट, संखुवासभा, खोटाङ, ओखलढुंगा र नुवकोट रहेका छन् ।

बाँकेको प्रमुख जिल्ला अधिकारीमा धर्मराज जोशीलाई पठाइएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए । त्यसैगरी, रौतहटमा विनोदकुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशिहर घिमिरेलाई सिडिओ बनाएर पठाइएको छ ।

नुवाकोटमा यसअघि रामकृष्ण अधिकारी प्रजिअका रूपमा कार्यरत थिए । उनलाई त्यहाँबाट सरुवा गरेर गृह मन्त्रालय तानिएको छ ।