बलेलगायत कलाकारविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लगायतका कलाकारविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । प्रहरीबाट बोलावट भएपछि उनीहरू आइतबार साइबर ब्युरोमा उपस्थित हुँदैछन् ।
कमेडी रियालिटी शो ‘कमेडी दरबार’मा उपस्थित कलाकारहरू सागर लम्साल ‘बले’लाई ब्यंग्य गर्ने क्रममा कलाकार सुन्दर खनालले उनलाई ‘टिकटकर नफाप्ने’ बताएका थिए । सोही व्यंग्यमाथि असन्तुष्टि जनाउँदै व्यंग्य गर्ने कलाकार खनाल, कार्यक्रममा उपस्थित कलाकार बले, उनकी श्रीमती श्रद्धा दंगाल, शोका निर्देशक बिक्की अग्रवाल, निर्मात्री श्रद्धा प्रसाईंलगायत विरुद्ध साइबर ब्युरोमा उजुरी परेको हो । उक्त कार्यक्रममा फिल्म लाज शरणमका अन्य कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे र महेश त्रिपाठी पनि उपस्थित थिए । उनीहरूविरुद्ध भने कुनै उजुरी नपरेको बताइएको छ ।
बलेको नक्कल गरेर व्यंग्य गरेका खनालले ‘आफूलाई टिकटकर नफाप्ने बताएका थिए । त्यसप्रति असन्तुष्टि जनाउँदै एक महिला टिकटकरले उनीहरूविरुद्ध उजुरी दिएको स्रोतको भनाइ छ ।
उजुरी परेकामध्ये एक कलाकारले आफूहरूलाई साइबर ब्युरोबाट बोलावट भएको र आइतबार दिउँसो उपस्थित हुन लागेको जानकारी दिए ।
‘तपाईंहरूविरुद्ध उजुरी परेको छ, एक पटक आइदिनुप–यो भनेर प्रहरीबाट जानकारी आएको छ,’ ती कलाकारले भने, ‘त्यसैले आइतबार दिउँसो १ बजे साइबर ब्युरो गएर प्रहरीलाई भेट्दै छौं ।’
टेलिभिजन शो कमेडी दरबार पछिल्लो समय एकपछि अर्को विवादमा पर्न थालेको छ । यसअघि गायक कुमार सागरलाई गरिएको व्यंग्य विवादमा परेपछि निर्माण पक्ष उक्त अंश नै फाल्न बाध्य बनेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया