सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई मध्यनजर गदै नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ ।
तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम अप्लाएन्स बन्ने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुुसार एआई एनेर्जी मोड, स्मार्टठिंगस् कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू, र ट्वीन कुलिंग प्लस जस्ता एडभान्स फिचरहरू रहेको रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल रहेको छ ।
एआई एनेर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ, जसले युजेज प्याटर्न अनुसार समायोजन गर्दै १०% सम्म ऊर्जाको बचत गर्न मद्दत गर्ने जनाइएको छ । नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ ।
ट्वीन कुलिंग प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ, जसले आद्र्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोक्छ । यसले ७०% सम्म आद्र्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन्। त्यस्तै, यसमा रहेको एडभान्स इभ्यापोरेटर प्रविधिले सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्ने छ ।
स्मार्टठिंगस् एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम मिलाउने वा रियल–टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू स्मार्टफोनबाट सहजै गर्न सकिने फिचर यसमा छ ।
नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन्। यसको मूल्य रु. १,१२,९९० बाट सुरु छ भने, अहिले रहेको विशेष छुट अफरद्वारा रु. १,०१,००० मा खरिद गर्न सकिन्छ । यो अफर सीमित अवधिको लागि मात्र लागु गरिएको कम्पनीले उल्लेख गरेकाे छ । आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइवेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर अनलाइन पनि उपलब्ध छ ।
प्रतिक्रिया