प्रधानमन्त्री ओलीको निर्देशनमा योगी आदित्यनाथको तस्बिर राखिएको हो : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राजाको स्वागतका लागि आइतबार आयोजना गरिएको –यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उत्तर प्रदेश, भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राखिएको आरोप लगाएका छन् ।
राजावादीको –यालीमा भारतीय मुख्यमन्त्रीको तस्बिर प्रयोग गरिएको विषयमाथि आलोचना चलिरहेका बेला शाहीले ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले त्यस्तो तस्बिर राख्न लगाएको दाबी गरेका हुन् ।
‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।
राष्ट्रिय झण्डासहितकाे स्वागत कार्यक्रमलाई बदनाम पार्न यस्तो कुकर्म गरिएको उनले दाबी गरे ।
विदेशी एजेन्डा र सिद्धान्तनमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लागेको उल्लेख गर्दै उनले मार्क्स, लेनिन र माओ कुन देशका हुन ? भनेर एमाले र माओवादीलाई प्रश्नसमेत गरेका छन् ।
पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार आयोजना गरिएको कार्यक्रममा हिन्दूवादी नेतासमेत रहेका उत्तर प्रदेश, भारतका मुख्यमन्त्री योगी आदित्य नाथको तस्बिर प्रयोग गरिएको थियो । यसपछि भारतको इशारामा राजावादीहरूले प्रदर्शन गरेको, आन्तरिक मामलामा विदेशीलाई प्रवेश गराएर हस्तक्षेप बढाउन सघाएको जस्ता आरोप लगाएर राप्रपालगायत राजावादी दल, संघ–संगठनको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया