क्यानडाको स्टिल र आल्मुनियममा ५० प्रतिशत कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको स्टिल, आल्मुनियमलगायत अन्य धातुमा ५० प्रतिशत कर लगाउने निर्णयबाट पछि हटेका छन् ।
क्यानडाले उत्तर अमेरिकाका केही राज्यमा बिजुली आपूर्ति शुल्क वृद्धि गरेपछि ट्रम्पले त्यसको प्रतिउत्तरमा धातुहरूमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । क्यानडा विद्युत् आपूर्तिमा थप शुल्क लगाउने निर्णयबाट पछि हटेसँगै ट्रम्पले पनि आफ्नो पूर्वघोषणा तत्कालका लागि स्थगित गरेका हुन् ।
यद्यपि, क्यानाडाबाट आयात हुने यी धातुहरूमा १२ मार्चदेखि २५ प्रतिशत ट्यारिफ भने जारी रहने बिबिसीले जनाएको छ ।
यो दुई देशहरू बीच चलिरहेको व्यापार युद्धको लागि एक महत्त्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानाडा दुवैको अर्थव्यवस्थाको लागि घातक छ।
अमेरिकाले इस्पात आयात गर्ने देशको अग्रपंक्तिमा क्यानडा पर्छ । सन् २०२४ मा अमेरिकाले सबैभन्दा बढी स्पात क्यानाडाबाट आयात गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया