NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २५ गते

क्यानडाको स्टिल र आल्मुनियममा ५० प्रतिशत कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको स्टिल, आल्मुनियमलगायत अन्य धातुमा ५० प्रतिशत कर लगाउने निर्णयबाट पछि हटेका छन् ।

क्यानडाले उत्तर अमेरिकाका केही राज्यमा बिजुली आपूर्ति शुल्क वृद्धि गरेपछि ट्रम्पले त्यसको प्रतिउत्तरमा धातुहरूमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । क्यानडा विद्युत् आपूर्तिमा थप शुल्क लगाउने निर्णयबाट पछि हटेसँगै ट्रम्पले पनि आफ्नो पूर्वघोषणा तत्कालका लागि स्थगित गरेका हुन् ।

यद्यपि, क्यानाडाबाट आयात हुने यी धातुहरूमा १२ मार्चदेखि २५ प्रतिशत ट्यारिफ भने जारी रहने बिबिसीले जनाएको छ ।

यो दुई देशहरू बीच चलिरहेको व्यापार युद्धको लागि एक महत्त्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानाडा दुवैको अर्थव्यवस्थाको लागि घातक छ।

अमेरिकाले इस्पात आयात गर्ने देशको अग्रपंक्तिमा क्यानडा पर्छ । सन् २०२४ मा अमेरिकाले सबैभन्दा बढी स्पात क्यानाडाबाट आयात गरेको थियो ।