नेप्सेमा सिइओ नियुक्ति : पाँच जना सर्ट लिस्टमा
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको सर्ट लिस्टमा पाँच जना पर्न सफल भएका छन् । सिइिओ नियुक्तिका लागि गठित सिफारिस समितिले प्राप्त आवेदनहरूको अध्ययन गरेर पाँच जनाको नाम सर्ट लिस्टिङ गरेको हो ।
सर्ट लिस्टिङमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेको सिफारिस समितिद्वारा जारी सूचनामा उल्लेख छ । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको मूल्यांकन गरेर सबैभन्दा बढी अंक ल्याउनेलाई संक्षिप्त सूचीमा पारिएको हो ।
अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता गरेर यीमध्ये एक जनालाई सिइओ नियुक्ति गर्न सिफारिस गरिने छ । प्रस्तुतीकरण र अन्तर्वार्ता यही चैत ६ गते बिहान ७ बजेदेखि अर्थमन्त्रालयमा हुने तय भएको समितिले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया