NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेप्सेमा सिइओ नियुक्ति : पाँच जना सर्ट लिस्टमा

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको सर्ट लिस्टमा पाँच जना पर्न सफल भएका छन् । सिइिओ नियुक्तिका लागि गठित सिफारिस समितिले प्राप्त आवेदनहरूको अध्ययन गरेर पाँच जनाको नाम सर्ट लिस्टिङ गरेको हो ।

सर्ट लिस्टिङमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेको सिफारिस समितिद्वारा जारी सूचनामा उल्लेख छ । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको मूल्यांकन गरेर सबैभन्दा बढी अंक ल्याउनेलाई संक्षिप्त सूचीमा पारिएको हो ।

अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता गरेर यीमध्ये एक जनालाई सिइओ नियुक्ति गर्न सिफारिस गरिने छ । प्रस्तुतीकरण र अन्तर्वार्ता यही चैत ६ गते बिहान ७ बजेदेखि अर्थमन्त्रालयमा हुने तय भएको समितिले जनाएको छ ।