नेपाल लाइफले पायो तीन सञ्चालक समिति सदस्य
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन सञ्चालक समिति सदस्य पाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित सर्वसाधारण सेयरधनीहरू (समूह ख) को सञ्चालक निर्वाचन कार्यक्रम चैत २ गते वीरगञ्जमा सम्पन्न भएको थियो । उक्त निर्वाचनले तीन जनालाई सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको हो ।
निर्वाचित हुनेमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन छन् ।
नवनिर्वाचित सञ्चालक समिति सदस्यले सोही दिन पद तथा गोपनियताको सपथ लिँदै पदबहालीसमेत गरेका छन् । नवनिर्वाचित सदस्यहरूले बीमा ऐन, २०७९ बमोजिम अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया