नेपाल-कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालन गर्न छलफल
काठमाडौँ । सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ ।
कम्बोडियाका वरिष्ठ सरकारी अधिकारीहरुसँग मङ्गलबार न्होमपेनमा भएको भेटमा सरकारले सेवा सञ्चालनबारे छलफल गरेको हो ।
कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । उनले त्यहाँका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गरेका हुन् ।
नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध परिपथसँगै धार्मिक एवं पर्यटकीय सञ्जाल निर्माणबारे छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । साथै मन्त्री पाण्डेले दुई मुलुकबीच पर्यटन प्रवर्द्धन र द्विपक्षीय हितका विविधि आयामबारे छलफल गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया