२०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान
एजेन्सी । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी चार दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया