७ प्रदेशमै वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै एभरेष्ट बैंकले सम्पन्न गर्यो ग्लोबल मनि विक
काठमाडाैं । नेपाल राष्ट बैंकको संयोजनमा बिगत वर्षहरू जस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले ग्लोबल मनि विक-२०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै तीन हजार भन्दा बढी विद्यार्थीहरू बिच वित्तीय साक्षरता सन्देश दिएकाे छ । उक्त कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।
Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम रहेका छन् । बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया