नेपालको पुँजीबजार : किन जोखिमयुक्त, लगानी गर्ने कि नगर्ने ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । यसमा पनि स्वविवेक भन्दा पनि प्रलोभन र हल्लाको पछि लागेर सेयर बजारमा लगानी गर्ने लगानीकर्ता बढेको पाइन्छ ।
केही दिन अघि धितोपत्र बोर्डको गुनासो व्यवस्थापन शाखामा एउटा इमेल आयो । जसमा लेखिएको थियो ‘मेरो डिबेन्चरको पैसा फिर्ता चाहियो’ यो एक उदाहरण मात्र हो । नेपाल धितोपत्र बार्डमा हरेक दिन लगानीकर्ताको गुनासो आउने गरेका छन् । जसमा लगानीकर्ताले आइपिओ सम्झेर डिबेन्चर भर्ने र थाहा भएपछि पैसा फिर्ता माग्ने, आइपिओ बेचेको पैसा आएन भन्दै बोर्डमा नै गुनासो गर्ने, हस्ताक्षर नमिलेकोलगायत गुनासो आउने गरेको बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपाने बताउँछन् ।
बोर्डमा आएका यी गुनासो खासमा बोर्डमा भन्दा पनि ब्रोकर र सिडिएस एण्ड क्लियरिङ्गमा जानुपर्ने हो । ती गुनासा हेर्दा हाम्रा लगानीकर्तामा वित्तिय साक्षरता नभएको त दर्साउँछ नै यसमा पनि सेयर बजार जस्तो जोखिमको क्षेत्रमा बजारको ज्ञान नहुुने लगानीकर्ता बढ्दो क्रममा रहेको प्रष्ट हुन्छ । जसले गर्दा लगानीकर्ता रनभुल्ल भएर जथाभावी लगानी गर्ने गरेको देखिन्छ ।
नेपाल धितोपत्र बोर्डको काम नियमन तथा कारवाही गर्नु हो । सहायक प्रवक्ता न्यौपाने लगानीकर्ताले मेरोसेयरमा केही समस्या आए सुरुमा सिडिएससी र बेचेको पैसा नआए बोक्ररकोमा जानकारी गराउनु पर्ने बताउँछन् ।
पूर्व बैंकर परशुराम कुँवर क्षेत्री पनि नेपालको पुुँजीबजार जोखिमयुक्त भएको ठान्छन् । नेपालवाचको टेलिभिजन कार्यक्रम कुरा पैसाकोमा उनले बजारमा हल्लाको पछि लागेर लगानी गर्दा डुब्ने बताए ।
‘ एक सय मूूल्यको आइपिओमा लगानी गर्नु चिठ्ठा परे जस्तो छ । हाम्रो बजारमा यो सुुरक्षित नै मानिन्छ । तर दोस्रो बजारको कुरा आउँदा जोखिम छ’ उनले भने, ‘ नेपालको पुुँजीबजार एकतर्फी छ । जसले माथि बढ्दा बढ्ने हो । यसकारण पनि लगानीकर्तालाई लगानीगर्नु अघि कम्पनीको वित्तिय अवस्था/विवरण हेररे, अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ ।’
छोटो समय भन्दा पनि लामो समयको लागि लगानी गर्नु उचित हुने उनले कुरा पैसाकोमा सुझाए। नेपाल राष्ट्र बैंकले २०२२ मा वित्तिय साक्षरतासम्बन्धि गरेको सर्वेक्षण अनुुसार नेपालमा ५६.९ प्रतिशत व्यक्ति वित्तिय रूपमा साक्षर रहेको पाइयो । जसमा सबैभन्दा बढी बागमति प्रदेशमा ६१.८ प्रतिशत रहेको छ भने सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ ।
(कुरा पैसाको नयाँ अंकमा यस पटक नेपालको पुँजीबजारको विविध आयाममाथि पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीसँग छलफल गरिएको छ )
प्रतिक्रिया