सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौँ । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार दुइ सयमा कारोबार भएको सुन आज तोलामा रू छ सयले बढेर रू एक लाख ७६ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया