प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गरेका छन्।
बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गरेकाे सभामुखको निजी सचिवालयले जनाएको छ ।
बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन्।
सङ्घीय संसद् विपक्षी दलहरुको अवरोधका कारण दुई पटक बैठक स्थगित भइसकेको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया