NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत १९ गते

चितुवाको आक्रमणबाट बालकको मृत्यु

बाजुरा । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३, धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उनले बताए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।