नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
नवनियुक्त सिइओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया