NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २५ गते

सामसङले नेपालमा ल्यायाे नयाँ फाेन ग्यालेक्सी एम १६ फाइभजी

काठमाडाैं । सामसङले नेपालमा नयाँ आफ्नो चर्चित एम सिरिजमा  नयाँ मोन्स्टर डिभाइस Galaxy M16 5G फाेन सार्वजनिक गरेको छ।

यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको कम्पनीले उल्लेख गरेकाे छ । कम्पनीका अनुसार Galaxy M16 5G मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको छ।

नयाँ डिजाइनसहितको Galaxy M16 5G स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट-अग्रणी FHD+ Super AMOLED डिस्प्ले, ६ वर्षको OS अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपाल का निर्देशक प्रणय रत्न स्थापितले बताए।

Galaxy M16 5G मा 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले दिइएको छ, जसले vibrant कलर र clarity दिन्छ। यसको adaptive high brightness mode ले घाममा पनि सजिलै content हेर्न मिल्ने सुविधा दिन्छ ।  नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन, र 7.9mm slim डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ।

Galaxy M16 5G मा MediaTek Dimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ । जसले मल्टिटास्किंगमा Speed र efficiency सुनिश्चित गर्छ। 50MP को मुख्य क्यामेरा, 5MP को अल्ट्रा-वाइड, 2MP को Macro क्यामेरा र 13MP को फ्रन्ट क्यामेराले रहेकाे फाेनले  फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउने जनाइएकाे छ ।

साथै, यसमा  5000mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज-वाचिंग गर्न मिल्छ।Samsung ले Galaxy M16 5G मार्फत ६ वर्षको OS अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ।  Samsung Galaxy M16 5G नेपालभरका सामसुङको आधिकारिक स्टोरहरूमा उपलब्ध छ। Samsung InstaFinance सेवा अन्तर्गत, Hulas Finserve बाट मात्र नागरिकताकै आधारमा न्यूनतम NPR १३५०/महिनाको EMI मा फोन खरिद गर्न सकिने सुविधासमेत रहेकाे छ । यस साथै पुरानाे फोन साटेर Galaxy M16 5G किन्न SabkoPhone र ArkoStore मार्फत एक्सचेन्ज सुविधा रहेकाे कम्पनीले जनाएकाे छ ।