गोरखामा डढेलो नियन्त्रण प्रयास : पातपतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कार

गोरखा । भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङ्गर सङ्कलन’ कार्यक्रम कार्यान्वयन गरेको छ ।
कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकिलो रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ ।
पातपतिङ्गर जोकोही, टोल विकास संस्था, क्लब, समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर सङ्कलन गर्न पाउनेछन् ।
“सङ्कलित पातपतिङ्गर प्राङगरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्रीको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “कार्यक्रम नयाँ हो तर यसलाई अनुकरणीय बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पातपतिङ्गर सङ्कलनबापतको रकम उपलब्ध गराइने छ ।
कार्यक्रमअन्तर्गत हाल गाउँपालिकास्थित अधिकांश वनका पातपतिङ्गर सङ्कलन भइरहेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । यो कार्यक्रमले बनलाई डढेलोबाट जोगाउन मद्दत मिल्ने उनको विश्वास छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया